२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : प्रचण्डलाई चितवनबाटै प्रधानमन्त्रीले दिए जवाफ, हर्क साम्पाङमाथि छानबिन सुरू

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको आधार कमजोर रहेको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरेका छन्। शुक्रवार चितवनको इच्छाकामना गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठुला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए रु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक पार्टी एक ठाउँमा आएका हुन्।’

केही दिनअघि चितवन पुगेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा सरकार परिवर्तन हुने दाबी गरेका थिए। उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा आगामी सरकार बन्ने र त्यसलाई माओवादी केन्द्रले बाहिरबाटै वा सरकारमै गएर भए पनि सहयोग गर्ने बताएका थिए।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–