
काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार र वर्तमान व्यवस्थाविरूद्व ठूलो प्रदर्शनको तयारी गरेको राप्रपाको आजको प्रदर्शन फुस्स जस्तै भएको छ ।
राजधानीका विभिन्न क्षेत्रबाट र्यालीसहित निषेधित क्षेत्र तोड्न बानेश्वर पुग्ने तय भएपनि आन्दोलनमा कार्यकर्ताको सहभागीता न्यून भएपछि आजको प्रदर्शन फुस्स बनेको हो ।
सिंहदरबारभित्रै प्रदर्शन गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतलाई भने प्रहरीले केही समय नियन्त्रणमा राखेको थियो । आजको राप्रपाको आन्दोलनमा सडकमा भने केही सय मात्रै कार्यकर्ता देखिएका थिए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया