सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पत्रपत्रिकाबाट

छानबिन समिति बनाउनमै व्यस्त छ सरकार, सरकारी संयन्त्रमाथि नै प्रश्न

काठमाडौं, २७ पुस । पछिल्लो समय सरकारले विभिन्न घटना तथा मुद्दाका विषयमा छानबिन गर्ने प्रयोजनका लागि धमाधम छानबिन समिति र आयोगहरू गठन गर्न थालेपछि सरकारी संयन्त्रमाथि प्रश्न खडा भएको छ । सरकारका प्रशासनिक संयन्त्रलाई...

‘तपस्वी’ को भेषमा विलासी जीवनशैली !

काठमाडौं, २६ पुस । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकालगायतका विभिन्न आरोपमा मंगलबार साँझ राजधानीको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । ‘लिटिल बुद्ध’को ‘उपाधि’ पाएका...

सत्ता स्वार्थको राजनीति, कांग्रेसले दुई कम्युनिस्ट घटकलाई कहिलेसम्म बोक्छ ?

काठमाडौं, २५ पुस । संसद्को ठूलो दल नेपाली कांग्रेसको छत्रछायामा अहिले सत्ता गठबन्धनको सरकार चलिरहेको छ । स्थानीय तहको निर्वाचनदेखि संसदीय र प्रदेशसभाको निर्वाचनसम्म नेपाली कांग्रेसले दुई कम्युनिस्ट घटक दललाई डोर्‍याएर हिँडिरहेको छ ।...

इराकमा मृत्यु भएका छोराको शव कुर्दै आमा

काठमाडौं, २४ पुस । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको...

किन धमाधम पक्राउ गर्दै छ मलेसियाले गैरकानुनी कामदार ?

काठमाडौं, २३ पुस । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले...

सुन तस्करी प्रकरण : सीआईबीले छाडेकालाई समेत आयोगले बयान लिँदै !

काठमाडौं, २२ पुस । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा थुनामा रहेका, तारेखमा छुटेका र सीआईबीले छाडेका व्यक्तिसमेतलाई बयान लिएको छ । ‘ब्रेक सु’ र विद्युतीय चुरोट ‘भेप’ प्रकरणमा संलग्न...

सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…

काठमाडौं, २२ पुस । सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन लाहुरे सिपाही दाइ भन्दै रुसी सेनामा भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्यालको मृत्यु भयो । अक्टोबर १५ मा फेसबुक स्टाटस लेख्दै यसरी हाँस्नुस्...

राज्यको लापरबाहीले खोसियो परिवारको एक्लो सहारा

सर्लाही, २२ पुस । सर्लाहीको बरहथवा- ६ की कलावतीदेवी साह ओछ्यान परेको दुई दिन भयो । आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन् । बेलाबेला...

रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

काठमाडौं, १८ पुस । रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५...

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो…

काठमाडौं, १५ पुस । कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार...

कुवेतमा २५ नेपाली अलपत्र

काठमाडौं, १३ पुस । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज ग्रुप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका...

मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

सुनसरी, ९ पुस । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ...
1 4 5 6 7 8 1,596