बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सामान्य बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ मंसिर १६ गते ११:१७

काठमाडौं, १६ मंसिर । करिब दुई सातादेखि निरन्तर वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भने केही कमी आएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेर ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित