बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दुई दिनमा २ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार स्थिर

दैनिक नेपाल २०७७ मंसिर ११ गते ११:५०

काठमाडौं, ११ मंसिर । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात् बुधबारकै मूल्यमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।

यसअघि बुधबार र बिहीबार मात्रै सुनको मूल्यमा २ हजार ९०० रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया
सम्बन्धित