आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

एकै दिन १ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ मंसिर ९ गते ११:३३

काठमाडौं, ९ मंसिर । सुनको मूल्य एकै दिन प्रतितोला १ हजार ८०० रूपैयाँले घटेको छ ।

हिजो सोमबार स्थिर रहेको सुनको मूल्यमा आज मंगलबार एकैदिन १ हजार ८०० रुपैयाँले कमी आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ९२ हजार ५०० रूपैयाँ निर्धारण गरिएको छ । यसअघि आइतबार र सोमबार छापावाल सुनको मूल्य ९४ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज तेजाबी सुनको मूल्य तोलाको ९२ हजार रूपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य ९३ हजार ८०० रूपैयाँ थियो ।

महासंघले चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार १८० रुपैयाँ तोकेको छ। हिजो चाँदीको मूल्य १ हजार २१० कायम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित