बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला मूल्य कति पुग्यो ?

दैनिक नेपाल २०७७ मंसिर १४ गते १२:३२

काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेर कारोबार भएको छ ।

पछिल्लो समय घट्दो क्रममा रहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ६०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै शुक्रबार प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँ घटेर तोलामा १ हजार १५० रुपैयाँ कायम गरिएको छ ।

सुनका लागि सिजनको मौसम भए पनि पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित