२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य एक हजार रुपैयाँ घट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । नेपालमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा वुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने वुधबार घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो ।