२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य ३०० रुपैयाँ बढ्यो, चाँदीको भने स्थिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम गरेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९३ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज आइतबार स्थिर रहँदै प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ ।