आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

दुनियाँ

इराकमा फसेका ४६ भारतीय नर्स घर फर्किए

नयाँ दिल्ली, २१ असार । इराकका विभिन्न स्थानमा फसेका भारतीय नर्सहरु शनिबार घर फर्किएका छन् । इराकमा फसेका कम्तीमा पनि ९४ जना भारतीय नागरिक भारत फर्किएको केही दिनपछि शनिबार ती नर्स घर फर्किएका हुन्...

कारबाहीमा चौवालीस तालिवानको मृत्यु

काबुल, २० असार । अफगानिस्तानमा स्थानीय तालिवानहरूका विरुद्धमा सुरक्षाबलले बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म गरेको कारबाहीको क्रममा ४४ तालिवान आतङ्ककारीको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । गत २४...

भारतीय माओवादीद्वारा दुई प्रहरीको हत्या

मुम्बई, २० असार । भारतको पूर्वी राज्य बिहारमा शुक्रबार सशस्त्र माओवादीले दुई जना प्रहरीको हत्या गरेको समाचार छ । प्राप्त समाचारअनुसार भारतीय माओवादीले शुक्रबार बिहान ती प्रहरीको हत्या गरेका हुन् । हत्या भएका एकजनामा...

सुनखानी भत्किँदा एघार बेपत्ता

तेगुसिगाल्पा, १९ असार । हन्डुरसमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको एक सुन खानी भत्किँदा कम्तीमा ११ जना कामदार खानीभित्र फसेका बुधबार अधिकारीहरूले जानकारी दिएका छन् । हन्डुरसको दक्षिणी सहर एल कोपर्समा अवस्थित सो सुन खानी...

पूर्व राष्ट्रपति सार्काेजीलाई भ्रष्टाचारको आरोपमा बयान

पेरिस, १७ असार । फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई भ्रष्टाचारको आरोपमा बयान लिइने भएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सको न्यायिक स्रोतले मङ्गलबार दिएको छ । उहाँलाई सो बयानका लागि अनुसन्धानको दायरामा ल्याइएको...

पूर्वी युक्रेनमा रसियाली पत्रकारको हत्या

मस्को, १६ असार । रसियाली पत्रकारलाई पूर्वी युक्रेनमा गोली हानी हत्या गरिएको समाचार छ । रसियाली पब्लिक टेलिभिजनका पत्रकारलाई रसियाली पत्रकारहरुको समूहमा रहेका बेला गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । पूर्वी युक्रेनमा...

गुन्जाओका पार्टी प्रमुख नै भ्रष्टाचारको आरोपमा बर्खास्त

बेइजिङ, १६ असार । चीनको गुन्जाओ सहरका पार्टी प्रमुखलाई भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएको छ । चिनियाँ दक्षिणी प्रान्त गुआन्दोङमा अवस्थित गुन्जाओ सहरमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुखका रुपमा रहेका उनलाई भ्रष्टाचारको आरोपमा पदबाट बर्खास्त गरिएको...

विद्रोहीलाई मारेर किला ठोकेर झुन्ड्याइयो

बेरुत, १५ असार । सिरियामा एक जिहादी समूहले राष्ट्रपति बसाल अल–असादको शासन तथा जिहादीका लागि युद्ध गर्ने आठ व्यक्तिलाई सार्वजनिक रूपमा हत्या गरी उनीहरूको शवलाई किलाले ठोकेर झुन्ड्याइदिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार जानकारी...

इजिप्टमा चार सैनिकको मृत्यु

अरिस (इजिप्ट), १५ असार । इजिप्टको उत्तरी सिनाई सहरको रफाह क्षेत्रमा सरकार विरोधी अतिवादी समूहले गरेको आक्रमणमा शनिबार चार सैनिकको मृत्यु भएको समाचार छ । उक्त जानकारी नाम बनताउने शर्तमा सुरक्षा स्रोतका एक अधिकारी...

जापानमा शक्तिशाली भूकम्प

टोकियो, १५ असार । जापानको इवो जीमा द्वीपमा आइतबार भूकम्प गएको समाचार छ । उक्त भूकम्प ६.२ रेक्टर स्केल मापन गरिएको जनाइएको छ । उक्त भूकम्प स्थानीय समयानुसार आइतबार अपरान्ह्रमा २.५८ बजे आएको बताइएको...

युक्रेन तथा युरोपेली महासङ्घबीच सम्झौतामा हस्ताक्षर

ब्रसेल्स, १३ असार । युक्रेनको पश्चिमी मुलुकले समर्थन गरेका नयाँ राष्ट्रपतिले शुक्रबार युरोपेली महासङ्घको ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौतामा हस्ताक्षर गर्न उहाँका मस्कोसमर्थक पूर्ववर्तीले नमान्दा पूर्व सोभियत सङ्घको यो राज्य अस्थिरतामा...

नाइजेरियाको राजधानीमा विष्फोट, २१ जना मारिए

काठमाडौँ, १२ असार । देशको उत्तरी क्षेत्रमा आतंकवादी समूह बोकोहरामको बिगबिगी रहेका बेला नाइजेरियाको राजधानी अबूजाको एक ब्यस्त बजारमा बम विष्फोट भएको छ । उक्त बम विष्फोटमा परी २१ जना व्यक्ति मारिएका छन् ।...
1 337 338 339 340 341 344