शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

नेकपा सचिवालय बैठक फेरि अन्योलमा

दैनिक नेपाल २०७७ मंसिर २ गते १४:१७

काठमाडौं, २ मंसिर । भोलि दिउँसो १ बजेका लागि निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि अन्योलमा परेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि विभिन्न आरोप लगाउँदै लामो प्रस्ताव पेश गरेपछि उत्पन्न थप विवाद र अडानका कारण भोलिका लागि तय गरिएको बैठक बस्ने वा नबस्ने विषय अन्योलमा परेको छ ।

प्रचण्ड पक्षधरको उक्त प्रस्तावमाथि कुनै पनि छलफल गर्न वा जवाफ दिन आवश्यक नभएको अडान लिँदै आएको छ । त्यतिमात्र होइन, प्रस्ताव फिर्ता नलिए सचिवालय बैठक नै सार्ने मनस्थितिमा ओलीपक्ष पुगेपछि करिब भोलिको बैठक नबस्ने नेताहरुले बताएका छन् ।

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालयमा प्रस्तुत प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आएका छन् । उनले दुई अध्यक्षको सहमतिमा एउटै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा फरक प्रस्ताव प्रचण्डबाट आएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेकपाभित्र आन्तरिक द्वन्द्व चुलिँदै गर्दा ओली सचिवालय बैठक टार्न खोजिरहेका छन् । उनीइतर पक्ष भने बैठकमा जोड दिँदै आएको छ । नेकपा सचिवालयमा ओली अल्पमतमा परेका छन् । उनलाई सत्ताबाट हटाउने तयारी समेत भइरहेको चर्चा समेत हुन थालेको छ ।

यो समाचारहरु पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित