२ कार्तिक २०८३, सोमबार

लिग २ को अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग भिड्दैछ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा बिहान सवा ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब छ ।

नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएपछि सातौं स्थानमा झरेको थियो ।