२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली र गौतमबीच भेटवार्ता, यस्तो भयो छलफल

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको छ ।

बालुवाटारमा आइतबार विहान भएको भेटवार्तामा पार्टीको विवाद समाधानबारे छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर गौतमसँग राय मागेको बताइएको छ ।

गौतमले बैठकमा छलफल गर्नुपर्ने जवाफ दिएको बताइएको छ ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेको बताइएको छ । त्यस्तै, उनले सचिवालय बैठकमा छलफल गरौँ विवाद त्यही समाधान हुने पनि बताएका छन् ।

प्रचण्डको प्रस्ताव फिर्ताका लागि गौतमलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । त्यस्तै, प्रधानमन्त्री ओलीले गौतमलाई आफूले चाहेको मन्त्री रोज्न पनि भनेको स्रोतले जनाएको छ ।

जवाफमा आफूले पार्टीको निर्णयबाट मात्रै जिम्मेवारी लिने बताएका थिए ।

शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।