शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे महासचिव विष्णु पौडेल

दैनिक नेपाल २०७७ मंसिर २ गते १३:२०

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न महासचिव विष्णु पौडेल प्रचण्डनिवास खुमलटार पुगेका छन् ।

मंगरबार बिहान भएको भेटमा पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भोलिका लागि तय गरिएको बैठक सार्नुपर्ने पक्षमा छन् भने प्रचण्ड लगायत सचिवालयका बहुमत सदस्य भोलि नै बैठक बस्नुपर्ने पक्षमा छन् ।

विवाद बढेपछि महासचिव पौडेलले दुई अध्यक्षसँग भेटवार्ता गरेर सहजीकरणको प्रयास गरिरहेका छन् । प्रचण्डले आफूलाई विभिन्न आरोप लगाउँदै पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्ने अडान ओलीको छ ।

त्यसका लागि ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेतासँग पनि छलफल गरिसकेका छन् । नेताहरुलाई आफ्नो पक्षमा मनाएर प्रस्ताव फिर्ता गराउने ओलीको प्रयास करिब असफल भइसकेको छ ।

बहुमत सदस्यले प्रचण्डको प्रस्ताव आफ्नो पनि भएको ओलीलाई जवाफ दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित