बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

दुनियाँ

कुखुराको भालेले ठुंग्दा महिलाको मृत्यु

काठमाडौं, २१ भदौ । एक ७६ बर्षिया महिलालाई कुखुराको भालेले ठुंग्दा मृत्यु भएको जनाइएको छ । सीएनएनको अनलाईन संस्करणका अनुसार अस्ट्रेलियामा यस्तो घटना भएपछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । यसका लागि अनुसन्धान समिति...

चन्द्रमा पुग्नुअघि नै भारतीय चन्द्रयान– २ सम्पर्कबाहिर, मोदीको सम्बोधन

काठमाडौं, २१ भदौ । चन्द्रमामा अवतरण हुनु अघि नै भारतले केही साता अघि पठाएको चन्द्रायान–२ सम्पर्कबाहिर रहेको छ । चन्द्रमा पठाइएको ‘विक्रम ल्याण्डर’ अवतरण गराउने क्रममा सम्पर्कबाहिर पुगेको थियो । त्यसो भएपछि  प्रधानमन्त्री नरेन्द्र...

जिम्बाब्वेका पूर्वराष्ट्रपति मुगाबेको निधन

हरारे, २१ भदाै । जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । उनले करिब ४ दशक देशमा शासन गरेका...

किन दक्षिण कोरियामा महिलाहरू ब्रा लगाउन छाडिरहेका छन्

काठमाडौं, २० भदौ । दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। ब्रा नलगाउन चलाइएको #NoBra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ। सामाजिक सञ्जाल...

बेलायतमा आम चुनावकाे प्रस्ताव अस्वीकृत

लण्डन, १९ भदाै । बेलायतमा समयअघि नै आम चुनाव गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा आम चुनावको पक्षमा दुई तिहाइ मत ल्याउन...

चीन र पाक सिमानामा राख्न भारतले ल्यायाे अपाचे

काठमाडौं, १८ भदाै । अपाचे रहेको १४ औं देश भएपछि भारतीय सेनामा उत्साह देखिएको छ । अमेरिकासँग गरिएको खरिद सम्झौता अन्तर्गत पहिलो खेपको आठ वटा अपाचेलाई भारतीय वायुसेनाले आफूमा सामेल गरेको छ । भारतीय...

अफगानिस्तानमा बम बिस्फोट, दुई नेपालीको मृत्यु

काठमाडौं, १८ भदौ । अफगानिस्तानमा भएको बम बिस्फोटमा दुई जना नेपालीहरूको मृत्यु भएको छ । काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको...

अमेरिका र अफगानिस्तान तालिबान बिद्रोहीबीच सहमति

लण्डन, १७ भदाै । अमेरिका र अफगानिस्तानमा सशस्त्र संघर्ष गरिरहेको तालिबान बिद्रोहीबीच सहमति भएको छ । तालिबानसँगको वार्तामा सहभागी भएका अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै दुई पक्षबीच सैद्धान्तिक सहमति बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्...

अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु

न्युयाेर्क, १५ भदाै । अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । घटनामा कम्तीमा १६ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

दुई महिनापछि भारत–पाकिस्तान युद्ध !

काठमाडौं, १३ भदौ । भारतले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने...

भारतीय सेनाले यातना दिएको गाउँलेहरूको आरोप

काठमाडौं, १३ भदौ । भारत-प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको...

कोलम्बियामा पूर्व फार्क कमाण्डरद्वारा सशस्त्र युद्धकाे घाेषणा

लण्डन, १३ भदाै । कोलम्बियामा पूर्व फार्क कमाण्डरले पुनः सशस्त्र युद्ध सुरु भएको घोषणा गरेका छन् । उनले आफ्ना समर्थकलाई हतियार उठाउन आग्रह गरेका पनि गरेका छन् । पूर्व फार्क कमाण्डर इभान मार्क्वेजले पुनः...
1 2 3 4 351