शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

१८ हजार मतान्तरका साथ ललितपुर–३ बाट डा. तोसिमा कार्की निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १५:०७

काठमाडौं, ८ मंसिर । निकटतम प्रतिस्पर्धीसँग १८ हजार १६३ मतान्तरका साथ ललितपुर–३ बाट डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर कार्कीले ३१ हजार १३६ मत प्राप्त गरेर विजय हासिल गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन् ।

यस्तै गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले ८ हजार ७६९ मात्रै मत पाइन् ।

यी समाचारहरू पनि पढ्नुहोस्–

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १५ कात्तिक । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीस कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगले…

डा. तोसिमा र ‘नो नट अगेन’को रिट कुमार चुडालको एकल इजलासमा सुनुवाई हुँदै

काठमाडौं, १५ असोज । निर्वाचन आयोगविरुद्व डा. तोसिमा कार्की र ‘नो नट अगेन’ले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उठेकी कार्कीको निर्वाचन आयोगले…

निर्वाचन आयोगविरुद्व डा. तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । ललितपुर क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले…

रास्वपाकी उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं, १२ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । सार्वजनिक लाभको पद धारण गरेर उम्मेदवारी दिएकी कार्कीको…
प्रतिक्रिया
सम्बन्धित