२८ आश्विन २०८३, बुधबार

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीस कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि कार्कीले अदालतमा रिट दर्ता गराएकी थिइन् ।

कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पाइएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

तर, नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य रहेकी कार्की काउन्सिलको सदस्यलाई बैठक भत्ता बाहेक तलब नहुने भन्दै उक्त पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्व सर्वोच्च पुगेकी थिइन् ।