२८ आश्विन २०८३, बुधबार

कुमारी बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न, २.१०५३ प्रतिशत लाभांश पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको छ।

२०८३ असोज २८ गते सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरण पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत लाभांशसमेत पारित गरेको छ। उक्त लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ।

२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ। बैंकका अनुसार हाल देशभर २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

बैंकले आगामी दिनमा पनि ग्राहकलाई थप सरल, सहज, सुलभ र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।