२८ आश्विन २०८३, बुधबार

डा. तोसिमा र ‘नो नट अगेन’को रिट कुमार चुडालको एकल इजलासमा सुनुवाई हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । निर्वाचन आयोगविरुद्व डा. तोसिमा कार्की र ‘नो नट अगेन’ले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उठेकी कार्कीको निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

यस्तै, ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्ने आयोगकै निर्णयकोविरुद्वमा पनि रिट परेको थियो । आयोगले उम्मेदवार निर्वाचित हुन पाउने अधिकारीलाई रोक्न नमिल्ने भन्दै ‘नो नट अगेन’ बन्द गर्ने निर्णय गरेको थियो ।

दुवै रिटको पेशी न्यायाधीस कुमार चुडालको एकल इजलामा सुनुवाई हुँदैछ ।