शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रास्वपाकी उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी खारेज

दैनिक नेपाल २०७९ कार्तिक १२ गते १८:३४

काठमाडौं, १२ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।

सार्वजनिक लाभको पद धारण गरेर उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो । उम्मेदवार बन्नका लागि सार्वजनिक लाभको पद धारण नगरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् ।

प्रतिक्रिया
सम्बन्धित