बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

निर्वाचन आयोगविरुद्व डा. तोसिमाद्वारा सर्वोच्चमा रिट दायर

दैनिक नेपाल २०७९ कार्तिक १४ गते १५:२९

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।

ललितपुर क्षेत्र नम्बर-३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले आफ्नो उम्मेद्वारी खारेज भएपछि आयोगविरुद्व सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपातपूर्ण भएको भन्दै तोसिमाले रिट दर्ता गरेकी हुन् ।

त्यसअघि काठमाडौंको माइतिघरमा आयोजित विरोध प्रदर्शनमा कार्कीले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको पद नभएको जानकारी गराउँदा पनि उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताइन् ।

प्रदर्शनमा सहभागीहरुले डा. कार्की चुनावमा निर्वाचन आयोग षडयन्त्रमा, युवालाई साथ दिउ नयाँ युग पाँउ, राजनीति फोहरी खेल गर्न पाइँदैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित