शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ, १२ चैत । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल...

कवेतसँगको मैत्रीपूर्ण खेलामा नेपाल पराजित

काठमाडौं, १२ चैत । कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो...

कतारसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ, ११ चैत । एफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि...

क्रोएसिया युरोकपको छनौट चरणमै पराजित

लण्डन, ११ चैत । विश्वकप फुटबलको फाइनलिस्ट क्रोएसिया युरोकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । समूह ई मा रहेको क्रोएसिया आइतबार राति भएको खेलमा हंगेरीसँग २–१ ले...

सिद्धार्थ रङ्गशालाको स्तरोन्नति गरिने

लुम्बिनी, १० चैत । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशभर नौ वटा रङ्गशाला निर्माण गरिरहेको बताउनुभएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशालाको आइतबार स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “देशका नौ वटा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदैछौँ,...

युरोकपमा इटालीको सुखद सुरुवात

लण्डन, १० चैत । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलका लागि छनौट हुन नसकेको इटालीले युरोकप २०२० को छनौट यात्रा भने सुखद रुपमा सुरु गरेको छ । युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति...

आईपीएल क्रिकेटमा चेन्नईको विजयी शुरुवात, बैंगलोर ७ विकेटले पराजित

काठमाडौं, ९ चैत । चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी शुरुवात गरेको छ । शनिबारको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको ७१ रनको...

आईपीएल क्रिकेट : बैंगलोरले दियो चेन्नईलाई ७१ रनको सामान्य लक्ष्य

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्स सामु ७१ रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको...

साफ उपविजेता महिला खेलाडीले जनही २ लाख ५० हजार पाउने

काठमाडौं, ९ चैत । शुक्रबार सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला टोलीका प्रत्येक सदस्यले २ लाख ५० हजार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) ले नेपाली टोलीका प्रत्येक...

आइपीएलको पहिलो खेलमै सुपर किंग्स र रोयल च्यालेन्जर्स खेल्ने

नयाँदिल्ली, ९ चैत । इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ । भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान...

नेपाललाई ३–१ ले हराउँदै भारत पाँचौं पटकको साफ च्याम्पियन

काठमाडौं, ८ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भारतले जितेको छ । विराटनगरमा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई १ का विरुद्ध ३ गोलले हराउँदै भारत साफ च्याम्पियन बनेको हो । ऐतिहासिक पाँचौं पटक...

साफ फुटबल : भारतले थप्यो अर्को गोल, नेपाल ३–१ ले पछाडि

काठमाडौं, ८ चैत । साफ च्याम्पियनसिप महिला फुटबलको उपाधि भिडन्तमा भारतले अर्को गोल थपेको छ । दोस्रो हाफको ७८ औं मिनेटमा अर्को गोल गर्दै अग्रता लिएको छ । ७८ औ मिनेटमा भारतकालागि तेस्रो गोल...
1 282 283 284 285 286 591