
काठमाडौं, २३ मंसिर । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट भएका छन् ।
सामग्री अभावले मध्यपश्चिमस्थित नेपालगञ्जको महेन्द्र रंगशालामा मंसिर २० देखि २२ गतेसम्म चलेको प्रतिस्पर्धाबाट पूर्वाञ्चलको विराटनगरमा आयोजित सातौ राष्ट्रिय खेलकुदका लागि भारत्तोलनतर्फ सुदूरपश्चिमबाट ८ समूहमा खेलाडी छनोट भएका हुन् ।

जसमा कञ्चनपुरले वर्चश्व कायम गरेको छ । प्रशिक्षक जीवन गौतमका अनुसार ८ समूहका लागि भएको छनोटमा ६ समूहमा कञ्चनपुरले जित हात पारेको छ भने दुई समूहमा कैलाली विजयी भएको छ ।
सातौं राष्ट्रिय खेलकुदका लागि छनोट हुने खेलाडीहरुमा कैलालीबाट ५६ किलो तौलमा रविलाल चौधरी र ६२ किलो तौल समूहमा नारद चौधरी रहेका छन् ।

त्यसैगरी कञ्चनपुरबाट ५९ किलो तौलमा विष्णप्रसाद मिश्र, ७७ किलो तौलमा विजय जोशी, ८५ किलो तौलमा विशाल सिंह, ९४ किलो तौलमा अनुज साउद, १०५ किलो तौलमा सागर भण्डारी र प्लस १०५ मा सुवास उपाध्याय रहेको प्रशिक्षक गौतमले जानकारी दिए ।
सातौं राष्ट्रिय खेलकुदमा छनोट हुन सुदूरपश्चिमका चार जिल्ला डोटी, डडेल्धुरा कैलाली कञ्चनपुर मात्रै प्रतिस्पर्धामा उत्रिएका थिए ।

पुस ८ गते १६ गतेसम्म विराटनगरमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारत्तोलनतर्फ सुदूरपश्चिमका खेलाडीहरुले सप्तरीको राजविराजमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।















प्रतिक्रिया