२८ कार्तिक २०८३, शनिबार

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरका लागि चारिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलको सामना गर्दै ६ छक्का र एक चौका प्रहार गरेका । शुभम  रञ्जाने ३१ रनमा अविजित रहे भने इमरान शेखले २४ र लोकेश बमले १५ रन बनाए ।

लुम्बिनीका किशोर महतोले दुई विकेट लिए । अभिषेक गौतम र रुवेन ट्रम्पलमानले एकएक विकेट लिए ।