२८ कार्तिक २०८३, शनिबार

राप्रपा नेताहरुलाई महाधिवेशन लाग्यो, यी ४ नेता पोखरा जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी, कमल थापा, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र प्रवक्ता ज्ञानेन्द्र शाही यही कात्तिक ३० गते (सोमबार) पोखरा जाने भएका छन् ।

पार्टीको गण्डकी प्रदेश कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरु त्यसतर्फ जाने तय भएको पार्टीका सहायक महामन्त्री प्रेम बलायरले जानकारी दिए ।

कार्यक्रममा प्रदेशभित्रका केन्द्रीय नेताहरुसहित जिल्लाका पदाधिकारीहरुको समेत सहभागिता रहने जनाइएको छ ।

राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएसी नेताहरूको दौडाहा सुरु भएको छ ।