काठमाडौं । काठमाडौंमा नेपाल प्रिमियर लिग ९एनपीएल०अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।
शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।
विराटनगरका लागि चारिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलको सामना गर्दै ६ छक्का र एक चौका प्रहार गरेका । शुभम रञ्जाने ३१ रनमा अविजित रहे भने इमरान शेखले २४ र लोकेश बमले १५ रन बनाए ।
लुम्बिनीका किशोर महतोले दुई विकेट लिए । अभिषेक गौतम र रुवेन ट्रम्पलमानले एकएक विकेट लिए ।











प्रतिक्रिया