९ कार्तिक २०८३, सोमबार

एनपीएलको उद्घाटन समारोहमा सहभागी हुँदै प्रधानमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रधानमन्त्री साहको उपस्थिति आइतबार अबेर सुनिश्चित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज (सोमबार)देखि प्रतियोगिता सुरू हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल आज साँझ ५ बजे सुरुबाट सुरु हुनेछ ।

५ मंसिरसम्म जारी रहने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।