९ कार्तिक २०८३, सोमबार

एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– नेपाली क्रिकेट अमर रहोस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री साहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई शुभकामना व्यक्त गरेका हुन् ।

एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपीएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए ।

उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ र यो छोटो समयमै एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भइसकेको छ । लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई न्यानो स्वागत छ । नेपाली क्रिकेट अमर रहोस् ।’

यो पनि :

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको उद्घाटन समारोहमा सहभागी हुँदै प्रधानमन्त्री

एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द

विदेशी स्टारको आगमनले बढाएको एनपीएलको रौनक

एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने