२८ कार्तिक २०८३, शनिबार

कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दाबी पेस गर्न दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।

साँझसम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री बनाउने छन् ।

यदी बहुमतको सरकार गठन हुन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले)का हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन् ।

केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने रणनीतिमा छ । तर, सभामुख गौतम तत्काल राजीनामा दिने मनस्थितिमा नरहेको बुझिएको छ ।

९३ सदस्यीय कोशीमा बहुमतका लागि ४७ जना सांसदको मत आवश्यक पर्छ । केन्द्रको सत्ता गठबन्धनसँग नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा एसका ४ र जसपाका एकजना सांसद गरी ४६ जना सांसद रहेका छन् जुन बहुमतभन्दा एक मत कम हो ।

प्रदेश सभामा ठूलो दल नेकपा (एमाले)का ४० र राप्रपाका ६ जना सांसद रहेका छन् ।