
काठमाडौं, १६ साउन । प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
यसअघि हिजो सोमबार दिउँसो १ बजे बोलाइएको बैठक बस्दै नबसि स्थगित भएको थियो ।
एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने माग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को रहेको छ ।
एमालेले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना सुन तस्करी सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्नु पर्ने आफ्नो अडान कायम राखेको छ ।
यसअघि १० साउनमा बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना सुन तस्करी सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरेका थिए ।
प्रमुख सचेतक गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने बताएका थिए ।











प्रतिक्रिया