
स्याङ्जा, १६ साउन । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको मालुङ्गामा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
गएराति बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी कारमा सवार ४३ वर्षीय सुमन गुरुङ, २८ वर्षीय उत्तम भण्डारी र ३५ वर्षीय सन्दीप थकाली घाइते भएका छन् ।
घाइते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।











प्रतिक्रिया