२८ कार्तिक २०८३, शनिबार

मकवानपुरमा मोटरसाइकल ट्रकमा ठोक्किदा दुई जनाको ज्यान गयो

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १५ साउन । मकवानपुरको मनहरी-९ ज्यामिरमा सवारी दुर्घटना हुँदा गएराति दुईजनाको ज्यान गएको छ ।

बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक मनहरी-९ बस्ने २२ वर्षीय शम्भु गिरी र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय सुशिल गिरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा र चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।