
काठमाडौं, १५ साउन । रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।
पछिल्लो ३ घण्टामा उक्त क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सो क्षेत्र भइ बहने कोठी, बाणगंगा, सुरई लगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।











प्रतिक्रिया