
काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले मुख हेरेर नभई रुख हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेकी छन् ।
वुधबार उनले चुनावी कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले आफूलाई मात्र नभएर सबै वडामा कांग्रेसलाई विजयी गराउन आह्वान गर्दै भनिन्, ‘मुख होइन, रुख हेरेर भोट हाल्नुस् ।’
उनको यो कटाक्ष हो । नेकपा एमालेबाट उपमेयरको टिकट पाएकी सुनिता डंगोल पूर्व मिस नेवा हुन् । सिंहले डंगोल र काठमाडौँ महानगरको मेयरमा उठेका स्वतन्त्र उम्म्दवार बालेन शाहप्रति कटाक्ष गरेको बुझिन्छ ।
त्यस्तै, उनले एक बोतल पानी किन्नुपर्ने अनि सार्वजनिक शौचालयमा पिसाब गर्न पैसा तिर्नुपर्ने व्यवस्था हटाउने दावी गरिन् । उनले भनिन्, ‘एक बोतल पानी पिउन पनि पैसा तिर्नुपर्छ । सार्वजनिक शौचालयमा पिसाब गर्न पनि पैसा तिर्नुपर्छ कस्तो अचम्म । म यो सबै निःशुल्क गराउँछु ।’















प्रतिक्रिया