९ कार्तिक २०८३, सोमबार

भक्तपुर नगर उत्तर कोरियाको उपग्रह बनाउने प्रयास एमालेलाई अमान्य छः नेता भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रिय सदस्य निर्मलकुमार भट्टराईले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्षेले भक्तपुर नगरपालिकामा उत्तर कोरियाजस्तो पारिवारिक एवम् निरंकुश शासन गरिरहेको र भक्तपुर नगरलाई उत्तर कोरियाको उप–ग्रह बनाउने रोहितको यो प्रयास मान्य नहुने बताएका छन् ।

साथै उनले नेमकिपाको आर्थिक क्रियाकलाप पारदर्शी नभएको, पर्यटकबाट उठेको रकम दुरुपयोग गरेको, कामदार वर्गको पार्टी भनिए पनि त्यो पार्टीले नाफा खोर, भट्टा व्यवसायी र बालुवा व्यवसायीको मात्र हित रक्षा गरिरहेको बताए ।

नेकपा(एमाले) भक्तपुर नगर निर्वाचन परिचालन कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले सो कुरा बताएका हुन् ।

विस्तारित बैठकलाई प्रदेशसभा सदस्य महिला नेत्रि सरस्वती बाटी, जिल्ला उप–सचिव मिलन सुवाल, जिल्ला सदस्य विष्णु सुवाल, नगर कमिटी उपाध्यक्ष कृष्णप्रसाद सुवाल,नगर प्रमुखका उमेद्वार युवा नेता रविन्द्र लाछिमस्यु, नगर उप–प्रमुख महिला नेत्रि रन्जना खर्बुजा, ५नं वडा अध्यक्षका प्रत्यासी राजेशपतिराज शर्मा, २ नं वडा अध्यक्षका उमेद्वार राजाराम सुवाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

नगर कमिटीका सचिव विश्वराम शिल्पकारले सन्चालन गरेको उक्त भेलाले नगर कमिटी अध्यक्ष मदन द्वौलाको संयोजकत्वमा ३०१ सदस्यीय नेकपा(एमाले) निर्वाचन परिचालन कमिटी निर्माण गरेको बताइएको छ ।