९ कार्तिक २०८३, सोमबार

एमालेले खोस्यो महेश बस्नेतको जिम्मेवारी

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । एमालेले केन्द्रीय सदस्य महेश बस्नेतको जिम्मेवारी खोसिदिएको छ ।

केही दिन अगाडि बालुवाटारमा बसेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले बस्नेतलाई युवा संघ नेपाल र नेपाल खेलकुद महासंघ तथा सम्बद्ध संस्थाहरूको इञ्चार्जको जिम्मेवारी दिएको थियो ।

बस्नेतलाई दुई वटा महत्वपूर्ण संगठनको इञ्चार्ज दिएको भन्दै पार्टीभित्रै विरोध भएको थियो ।

विरोध भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले नेता बस्नेतलाई नेपाल खेलकुद महासंघको इञ्चार्जबाट हटाएको एमालेले जनाएको छ ।

ओलीले बस्नेतबाट खेलकुद महासंघ खोसेर माओवादी पृष्ठभूमिका नेता एवम् युवा तथा खेलकुदमन्त्री दावा लामालाई दिएका छन् ।

पार्टी बैठकले लामालाई युवा तथा खेलकुद विभागको प्रमुख तोकेको थियो । अब लामाले पार्टी संगठनमा दोहोरो जिम्मेवारी र मन्त्रालयको नेतृत्व गर्नेछन् ।