काठमाडौं, १८ चैत । थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह विहीबार(भोलि) नेपाल आउँदैछन् । थाई अदालतले पारसलाई मंगलबार सफाइ दिएपछि विहीवार दिउँसो १ बजे उनी थाइ एयरको नियमित उडानबाट काठमाडौं आउन लागेका हुन् ।
विगत लामो समयदेखि थाइल्याण्डमा लागूऔषध कारोबारको मुद्दा खेप्दै आइरहेका पूर्वयुवराज पारस मंगलबार थाइल्याण्डको जेलबाट छुटेका थिए ।
थाइल्याण्डमा पारसलाई सहयोग गर्ने मातृभूमिका लागि युवा अभियानका संस्थापक अध्यक्ष सुनिल खड्का पनि साथै आउन लागेका छन् ।
लागु औषधको अत्याधिक प्रयोगले गत फेब्रअरीमा अचानक वेहोस भएका पारसलाई थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको उपचारपछि सुधारगृहमा राखिएको थियो ।
सुधारकेन्द्रबाट चाङमाईबाटै लुङखाई जाने क्रममा पारसलाई प्रहरीले बीएमडब्ल्यू कारमा लागूऔषध सहित पक्राउ गरेको थियो । उनी बेला बेला थाइल्याण्डमा लागु औषध कारोवारको आरोपमा पक्राउ पर्दै आइरहेका थिए ।
वर्षाैपछि पूर्व युवराज पारस घर फर्किन लागेपछि निर्वल निवासमा भव्य तयारी थालिएको छ । पूर्व राजपरिवारका सदस्यले भोली दिउँसो विमानस्थलमै पारसलाई स्वागत गर्ने कार्यक्रम रहेको निर्वल निवासले जनाएको छ ।














प्रतिक्रिया