१३ कार्तिक २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा रोसीमा सबैभन्दा धेरै वर्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा धेरै वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसीमा ३३ मिलिमिटर वर्षा मापन भएको हो ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा मापन भएको विभागले जनाएको छ ।

वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।