काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८१५ सवारीसाधनमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २० जना चालक कारबाहीमा परेका छन् ।
त्यस्तै, सीसीटीभीमार्फत ४५, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ११० र तीव्र गतिमा सवारी चलाउने ६२ जनामाथि कारबाही गरिएको छ ।
यसैगरी, अनावश्यक हर्न बजाउने ९, लेन अनुशासन उल्लङ्घन गर्ने ३, सवारीको अवस्था ठीक नभएका ३६ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
अन्य शीर्षकमा ५२१ सवारीसाधनमाथि कारबाही गरिएको छ । यससँगै पछिल्लो २४ घण्टामा गरिएको कुल कारबाही संख्या ८१५ पुगेको हो ।














प्रतिक्रिया