
काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभाको वुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।
विभिन्न पदासीन र पूर्वसांसदहरूको निधनमा शोकप्रस्ताव पारित गर्दै चैत ३ गते मङ्गलबार सम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा अन्य केही कार्यसूचीहरु थिएनन् ।
बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू अलगअलग लहरमा बसेका थिए ।
वर्तमान प्रतिनिधिसभाका सदस्य सानु सीवा र सूर्य बहादुर केसीको निधनमा सदनले शोक प्रस्ताव पारित गरेको हो । त्यस्तै, संविधानसभाका दुई सदस्य र अन्य १० जना भूतपूर्व प्रतिनिधिसभा सदस्यको निधनमा शोकप्रस्ताव पारित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराए ।
संसद पुनस्थापनापछिको सातौँ अधिवेशनको दोस्रो बैठक शोकप्रस्ताव पारित गर्दै स्थगित भएको हो ।
पहिलो बैठक फागुन २३ गते अवरुद्ध भएको थियो । सरकारले अध्यादेशहरु कार्यसूचीमा राखेको जनाउँदै नेकपा माओवादी केन्द्र तथा काँग्रेसले विरोध गरेका थिए ।














प्रतिक्रिया