१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्र बैंकको डेपुटी गर्भनरमा मिश्र र ढुंगाना नियुक्त

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र नीलम ढुंगाना नियुक्त गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपषिदको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको हो ।

राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट उनीहरु नियुक्त भएका हुन् ।

फागुन १८ गते डेपुटी गभर्नरका रुपमा रहेका चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि बैंकले चार जनाको नाम सिफारिस गरेको थियो ।

बैंकले अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्ट र अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा लघुवित्त वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठसहित चार जनाको नाम सिफारिस गरेको थियो ।