
गौर, २५ फागुन । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले तीनै तहका सरकारलाई गरिबमुखी कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा गरिबी निवारण कोषद्वारा प्रवर्धित सामुदायिक संस्थामा रहेको घुम्ती कोषलाई सहकारीकरण गर्ने अभिमुखीकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।
चुनावमा गरिबको भोट पनि अरु बराबर नै हुने भएकोले राज्यले जनतालाई दिने सुविधामा उनीहरुलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको कथन थियो ।
बागमति प्रदेशका सदस्य शशिजङ् थापाले समृद्ध नेपाल सुखी नेपालीको नारा सफल बनाउन गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
राजदेवी नगरपालिकाका प्रमुख धिरेन्द्रकुमार सिंहले गरिबी निवारण गर्न आफ्नो नगरपालिका बजेट व्यवस्था गर्न तयार रहेको बताए ।
बुद्धिजिवी नविनकुमार झाले नगरपालिकामा रहेका सबै सामुदायिक संस्था सक्रिय हुनु पर्ने बताए ।
राजदेवी नगरपालिकामा गरिबी निवारण कोषद्वारा प्रवर्द्धित १०९ सामुदायिक संस्थापक घुम्ति कोषमा करिब सात करोड रकम रहेको छ ।















प्रतिक्रिया