१३ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेद्वारा दुई सदस्यीय वार्ता टोली गठन

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । सत्तारुढ नेकपा एमालेले अन्य दलहरुसँग वार्ता तथा संवादका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

पार्टी उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसहित दुई सदस्यीय टोली गठन गरेको हो ।

त्यस्तै, उता जनता समाजवादी पार्टी (जसपा) ले पनि नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

जसपाको टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

प्रतिनिधिसभामा एमालेको १२१ सिट रहेको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पनि नयाँ सरकार गठन वा विश्वासको मत लिन १७ जना सांसद भए पुग्छ । जसपाको ३४ जना सिट रहेको छ ।