
काठमाडौँ, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग्गै राजनीतिक दलका रुपमा औपचारिक जानकारी दिने भएको छ ।
आयोगले दुवैलाई छुट्टै राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेकोबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जानकारी दिने भएको हो ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबारेमा आयोगको पदाधिकारीको मंगलबार बसेको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, नेकपा खारेज भइ एमाले र माओवादी अलग भएको सूचना पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।















प्रतिक्रिया