३ कार्तिक २०८३, मंगलबार

आगामी मंसिरमा महाधिवेशन गर्ने नेकपा केन्द्रीय कमिटीको निर्णय

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकले अगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जारी बैठकमा अध्यक्ष ओलीले २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई बैठकले अनुमोदन गरेको बताइएको छ ।

यसअघि माघमा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले ०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसैबीच बालुवाटारमा हाल जारी बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी समेत घोषणा गरिसकेको छ ।

नयाँ आयोजक कमिटीको बैठक पुस ९ गते बस्ने निर्णय भएको छ ।

यी समाचारहरु पनि पढ्नुहोस्–