३ कार्तिक २०८३, मंगलबार

प्रचण्डको लिखित प्रस्तावलाई टोपबहादुरले पनि भने ‘आरोपपत्र’

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पनि प्रचण्डको लिखित प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिएका छन् ।

विभाजनको संघारमा पुगेको नेकपा संस्थापन पक्षको बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डले कुनै पनि कोणबाट राम्रो नगरेको समेत बताएका छन् ।

बैठकको शुरुमै बोलेका रायमाझीले प्रचण्डले ल्याएको प्रतिवेदनलाई आरोपत्रको संज्ञा दिँदै आरोपपत्र ल्याएर राम्रो नगरेको बताएका हुन् । लामो समय प्रचण्डलाई साथ दिएका सायमाझीले पार्टी विभाजन हुने स्थिति आएपछि ओली कित्तामा उभिएका हुन् ।