३ कार्तिक २०८३, मंगलबार

नेकपा केन्द्रीय कमिटीद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पक्षको उक्त बैठकले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।

कमिटीमा बाँकी १९७ जना पछि थपिने उनले बताइएको छ ।

अर्कोतर्फ प्रचण्ड माधव समूहले पनि दिउँसो १ बजे बबरमहलमा केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।

ओलीलाई हटाएपछि वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष बनाउने प्रचण्डको तयारी छ ।