३ कार्तिक २०८३, मंगलबार

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने पक्का

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने पक्का भएको छ ।

मंगलबार एनपीएलले आफ्नो आधिकारीक फेसबुक पेजमा एक भिडियो सार्वजनिक गर्दै डीआरएस प्रयोग गर्न लागेको जानकारी गराएको हो ।

डीआरएस प्रविधिको सहायताले खेलका क्रममा अम्पायरले गरेका केही निर्णयमाथि पुनरावलोकन गर्न सकिन्छ । एक टिमले आफ्नो इनिङमा २ पटक डीआरएस सिस्टम प्रयोग गर्ने प्रचलन रहँदै आएको छ ।

डीआरएसले खेलाडी तथा टोलीलाई अम्पायरको निर्णयमा चित्त नबुझे समीक्षा माग गर्ने अवसर दिन्छ ।

एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।