
काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ४ जना सचिवालय सदस्यसहित कार्यकारी अध्यक्ष बालुवाटार पुगेका छन् ।
नेकपाभित्र देखिएको विवाद समाधानको बाटो खोज्न उनीहरु प्रधानमन्त्री ओलीसँग छलफलमा जुटेका हुन् । पार्टीको सचिवालय बैठक बोलाउनका लागि आग्रह गर्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटार पुगेका हुन् ।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यको बैठकले ओलीलाई लिखितरूपमै बैठकका लागि आग्रह गर्ने निर्णय गरिएको थियो । उनीहरुले शुक्रबार पनि पार्टी कार्यालय धुम्बाराहीमै अनौपचारि छलफल गरेर प्रधानमन्त्रीलाई सामुहिक अनुरोध गर्ने निष्कर्ष निकालेका थिए ।
पार्टी र सरकार सञ्चालनलाई लिएर केही महिनायता पार्टीका दुई अध्यक्षबीच विवाद हुँदै आएको छ । पार्टीमा जारी अन्तरविरोधका बारेमा यसअघि पार्टीका दुबै अध्यक्षबीच बिहीबार छलफल भएको थियो ।
यो पनि पढ्नुहोस्–

- दाहालले शनिबार बिहानै गरे गुटगत बैठक र भेला
- नेपाल, खनाल र गौतमको भूमिकालाई लिएर कार्यकर्ताहरू चिन्तित
- प्रचण्डले औपचारिक बैठक राखे पार्टीमा फुटको घोषणा हुने केपी ओलीको चेतावनी !
- पार्टी बैठक तत्काल बोलाइनुपर्ने धुम्बाराही छलफलको निष्कर्ष
- प्रचण्डले बोलाए सचिवालय बैठक
- प्रचण्डले किन गुटकाे भेला गरिरहेका छन् ?















प्रतिक्रिया