
काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको विवाद समाधानको उपाय खोज्न तत्काल पार्टी बैठक बोलाइनुपर्ने निष्कर्ष निकालेका छन् ।
पार्टीभित्र विवाद चर्चिरहेका बेला प्रचण्ड पक्षधरका पाँच जना सचिवालय सदस्यले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफल गरी पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले उक्त निष्कर्ष निकालेका हुन् ।
छलफलले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । छलफलमा सहभागी भएका नेताहरु शनिबार ओलीलाई भेट्न बालुवाटारमा जाने समेत बताइएको
।
सो छलफलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए । ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन् ।















प्रतिक्रिया